महोत्तरी गाउँपालिकाद्वारा निःशुल्क सीपमूलक तालिम सञ्चालन

महोत्तरी, २५ चैत । महोत्तरी गाउँपालिकाले युवाहरूलाई लक्षित गर्दै निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँगको साझेदारीमा हाउसकिपिङ/क्लिनर तथा वेटर–वेट्रेस सम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाद्वारा प्रकाशित सूचनाअनुसार प्रत्येक तालिममा २०–२० जना सहभागी छनोट गरिनेछ । दुवै तालिमको अवधि ३९० घण्टा रहने जनाइएको छ ।
तालिममा सहभागी हुन इच्छुक आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदन फाराम महोत्तरी गाउँपालिकाको सामाजिक विकास शाखाबाट प्राप्त तथा बुझाउन सकिने व्यवस्था गरिएको छ ।
आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, एकप्रति पासपोर्ट साइज फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्माका अनुसार उक्त तालिमले स्थानीय युवाहरूलाई रोजगारमूलक सीप प्रदान गरी स्वरोजगार तथा रोजगारीको अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


