जनकपुरधाम, २० चैत । मित्र युवा संगति जनकपुरधामको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि भव्य रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी दाताहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान दिए ।

आयोजक संस्थाले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई उदाहरणीय योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखासहित विभिन्न सहयोगी संस्थाहरू र व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

यसै अवसरमा स्थानीय अखिल मढिकर्मीले आफ्नो जीवनको ६०औँ पटक रक्तदान गर्दै उदाहरण प्रस्तुत गरेका छन् भने उनकी जीवनसंगिनी रूविना श्रेष्ठले पनि १५औँ पटक रक्तदान गरेको जानकारी सार्वजनिक गरिएको छ ।

यसले दम्पतीको सामाजिक सेवाप्रतिको समर्पण झल्काएको सहभागीहरूले बताए ।

रक्तदान कार्यक्रमले बिरामीहरूको जीवन रक्षा गर्ने मात्र नभई समाजमा मानवता, सहकार्य र एकताको सन्देश फैलाउने कार्यसमेत गरेको आयोजकको विश्वास छ ।

कार्यक्रममा आयोजकले सबैलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै ‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने सन्देश पुनः दोहोर्‍याएका थिए ।