जलेश्वरमा डायलायसिस सेवा सुरु, मिर्गौला रोगीलाई राहत

महोत्तरी, १८ चैत । महोत्तरीको जलेश्वरमा पहिलोपटक डायलायसिस सेवा सुरु भएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा डायलायसिस युनिट उद्घाटन भएसँगै मिर्गौला सम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ ।
यसअघि उपचारका लागि बिरामीहरूलाई जनकपुरधाम, बिराटनगर वा काठमाडौंसम्म धाउनु पर्ने बाध्यता थियो । अब भने जलेश्वरमै सेवा उपलब्ध भएपछि समय, खर्च र जोखिम सबै घट्ने विश्वास लिइएको छ ।
मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले एक कार्यक्रमबीच डायलायसिस युनिटको उद्घाटन गरेका छन् ।
उद्घाटनपछि मन्त्री रायले स्थानीयस्तरमै यस्तो सेवा विस्तार हुनु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
अस्पताल प्रशासनका अनुसार नयाँ युनिट सञ्चालनमा आएसँगै मिर्गौला रोगीहरूको नियमित उपचार सहज हुने र जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


