जनकपुरधाम, १८ चैत । जनकपुरधाम उपमहानगरपालिका–४ मा नयाँ सडक निर्माण कार्य सुरु गरिएको छ ।

नगरप्रमुख मनोजकुमार साहले बुधबार उक्त सडकको शिलान्यास गरेका हुन् ।

नगरको आन्तरिक बजेटबाट निर्माण हुन लागेको सडक विद्यापति चोकदेखि गिरिजा पथसम्म जोडिनेछ ।

लामो समयदेखि सडक अभावका कारण स्थानीयवासीले आवतजावतमा कठिनाइ भोग्दै आएका थिए ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख साहले सडक निर्माणपछि स्थानीयको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरे ।

उनले नगरको समग्र विकासलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताए ।

उक्त सडक २५ लाख रुपैयाँको लागतमा निर्माण गरिने जनाइएको छ ।

निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात व्यवस्थामा उल्लेखनीय सुधार आउने विश्वास गरिएको उपमहानगरपालिकाले जनाएको छ ।