७१औँ स्थापना दिवसमा पत्रकार महासंघको देशव्यापी कार्यक्रम, धनुषामा प्रभातफेरी

जनकपुरधाम, १६ चैत । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा देशभर विविध कार्यक्रमहरू आयोजना गरिएको छ । यसैक्रममा धनुषा जिल्लामा पनि प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
महासंघ धनुषा शाखाको आयोजनामा निकालिएको प्रभातफेरीमा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रभातफेरीले प्रेस स्वतन्त्रता, पेशागत एकता र जिम्मेवार पत्रकारिताको सन्देश फैलाएको आयोजक नेपाल पत्रकार महासंघ धनुषाले जनाएको छ ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, पूर्वअध्यक्ष उमेश साह, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, अशोक रौनियार, मधेश प्रदेश उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सचिव हदिश खुद्दार लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै, धनुषा शाखाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, सचिव बटुकनाथ झा, सह–सचिव गोविन्द महतोसहित प्रवीण साह, उपेन्द्र भगत नागवंशी, धर्वेन्द्र झा, नवीन सिंह, चाँदनी झा, माला राय, कुलदीप दास, राहुल सिंह, सपना कर्ण, लक्ष्मी चौधरी, संतोष कर्ण, कमल साह, नविन प्रियदर्शी, कमलेश ठाकुर, सुरेश झा, अमरकान्त ठाकुर, प्रवेश साह, गिरिजानन्द साह, संजय साहलगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।
प्रभातफेरीका क्रममा सहभागीहरूले सञ्चार क्षेत्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारहरूको पेशागत अधिकार सुनिश्चित गर्न एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
महासंघले स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रममार्फत पत्रकारिताको महत्व र भूमिका बारे जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


