जनकपुरधाम, १५ चैत । धनुषाको बटेश्वर गाउँपालिका⁠–५ शान्तिपुर (दनुवार टोल)मा एक ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घटना गत बिहीबार घटेको थियो । पीडित बालिकाको परिवारले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दिएपछि आरोपीलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका व्यक्तिको स्वास्थ्य परीक्षण गराइसकेको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

बालिकाको स्वास्थ्य अवस्था तथा घटनाका संवेदनशील विवरण गोपनीय राखिएको छ ।

प्रहरीका अनुसार यस्ता घटनामा गम्भीरतापूर्वक अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको छ ।