देवडिहामा निःशुल्क स्वास्थ्य शिविर, ३५० भन्दा बढी लाभान्वित

जनकपुरधाम, १५ चैत । जनकपुरधामस्थित सिया मेडिकेयरको आयोजनामा नगराइन नगरपालिका–७ देवडिहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा करिब ३५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
शिविरमा सामान्य स्वास्थ्य जाँच, औषधि वितरण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो ।
स्थानीय बासिन्दाहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरेपछि शिविरप्रति सकारात्मक प्रतिक्रिया दिए ।
कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको आयोजकले उल्लेख गरेको छ ।
शिविरमार्फत ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुगेको विश्वास लिइएको छ ।
सिया मेडिकेयरले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


