जनकपुरधाम, १३ चैत । नयाँ सरकार गठनको प्रक्रियामै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्न प्रस्ताव गरिएका अमरेशकुमार सिंहले उक्त पद अस्वीकार गरेका छन् ।

सर्लाही–४ बाट निर्वाचित सिंहलाई मन्त्रीका रूपमा समेट्ने प्रयासस्वरूप उद्योग मन्त्रालयको जिम्मेवारी प्रस्ताव गरिएको थियो । तर, उनले आफूले परराष्ट्र मन्त्रालयमा दाबी प्रस्तुत गरेको अवस्थामा फरक मन्त्रालय प्रस्ताव गरिएपछि उक्त जिम्मेवारी लिन अस्वीकार गरेका हुन् ।

सिंहको सचिवालयले यसबारे औपचारिक जानकारी दिएको छ । सिंहले उद्योग मन्त्रालय अस्वीकार गरेसँगै उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैंसँग राखेका छन् । यसअघि पनि उनले रक्षा मन्त्रालय आफ्नै मातहतमा राखेका थिए ।

सरकार गठनको प्रारम्भिक चरणमै मन्त्रालय बाँडफाँटमा देखिएको असहमतिले आगामी दिनमा राजनीतिक समिकरणमा थप प्रभाव पार्ने आकलन गरिएको छ ।