रौतहटमा करेन्ट लागेर वृद्धाको मृत्यु

रौतहट, ८ चैत । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालौ रौतहटका अनुसार गुजरा नगरपालिका–१ मनहर्वा निवासी ८४ वर्षीया कान्छी देवी चौधरीको आइतबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो ।
घर नजिकैको धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि चपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


