घरमै मृत भेटिइन् ३० वर्षीया महिला

सप्तरी, ३ चैत । सप्तरीको राजविराजमा ३० वर्षीया महिला घरमै मृत फेला परेकी छन् ।
राजविराज नगरपालिका–१३ बिसहरिया टोलकी बेचनी देवी सदा मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार घटनाको कारण अझै पत्ता लागेको छैन ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले घटना सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रारम्भिक जानकारी अनुसार कुनै अपराधिक संकेत भेटिएको छैन । तर, अनुसन्धान जारी रहेकाले कुनै निष्कर्षमा पुग्न अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


