कांग्रेसका वडा उपसभापति यादव रास्वपामा प्रवेश

जनकपुरधाम, १५ फागुन । नेपाली काङ्ग्रेसका जनकपुरधाम-२५ का उपसभापति मनोज यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा पार्टी परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन् ।
यादवसँगै महेन्द्र पासवान, जोगिन्द्र यादव र सुभेस यादवले पनि काङ्ग्रेस छाडेर रास्वपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेका नेताहरूलाई रास्वपाका उम्मेदवार मनिष झालगायतका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै मनोज यादवले देशमा सुशासन, पारदर्शिता र विकासको एजेण्डा अघि बढाउन रास्वपामा आबद्ध भएको बताए ।
उनले स्थानीय स्तरमा जनताको अपेक्षा पूरा गर्न वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएकाले नयाँ निर्णय लिएको उल्लेख गरे ।
रास्वपाका स्थानीय नेताहरूले नयाँ सदस्यहरूको आगमनले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा दल परिवर्तनको क्रम बढ्दै गएको देखिएको छ । यसले आगामी निर्वाचनको समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


