सर्लाही, १२ फागुन । बागमती प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति दिनेश हुमागाईँले मंगलबार पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उपसभापति हुमागाईँको कांग्रेस प्रवेश कार्यक्रममा पार्टीका सभापति गगन थापा स्वयं उपस्थित भई उनलाई स्वागत गरे ।

हुमागाईँले आगामी राजनीतिक कार्यक्रम र प्रदेश राजनीति सक्रियतामा कांग्रेससँग सहकार्य गर्ने बताएका छन् ।

हुमागाईँको पार्टी परिवर्तनलाई प्रदेशस्तरीय चुनावी रणनीतिसँग जोडेर हेरिएको छ । यसले आगामी निर्वाचनमा बागमती प्रदेशमा कांग्रेसको स्थिति बलियो बनाउने सम्भावना रहेको चर्चा भइरहेको छ ।