महोत्तरीका दुई मेयर र उपमेयरसहित १५ जना नेता कार्यकर्ता जसपाबाट निष्काशित

महोत्तरी, ११ फागुन । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभाका अधिकारिक उम्मेदवारको पक्षमा नकारात्मक गतिविधि गर्ने १५ जना नेता तथा कार्यकर्तालाई पार्टी विधान उल्लंघन गरेको भन्दै निष्कासन गरेको छ ।
पार्टी जिल्ला समिति महोत्तरीले जारी गरेको प्रेस विज्ञप्तिमा यो निर्णय तत्काल लागू हुने जानकारी दिएको छ ।
पार्टीले उम्मेदवारको चुनाव चिन्ह छाता छापमा मोहर लगाएर विजयी बनाउने उद्देश्यमा सम्पूर्ण नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई हार्दिक समर्थन र सहकार्यको लागि आह्वान गरेको छ ।
पार्टीको अधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गर्ने ती नेताहरुलाई पहिलो पटक माघ १९ र अन्तिम पटक फागुन ८ मा सचेत गराइएको थियो ।
निष्कासन गरिएका नेताहरुमा कुशेश्वर सिंह (गौशाला–१२), कुमरकान्ता (गौशाला–२), शेष जाली (गौशाला–१०), सविता कुमारी देवी (गौशाला–४), रामनन्दन यादव (मटिहानी–५), मोजिम राइन (मटिहानी–३), सुरेश साह सोनार (जलेश्वर–१), संतोष साह (जलेश्वर–२), रामजानकी यादव (पिपरा), रामप्रकाश यादव (पिपरा–५), शम्भु यादव (पिपरा–५), राहुल पाण्डेय (पिपरा–१), श्याम यादव (एकडारा–३), हरि नारायण मण्डल (एकडारा–५) र वन्दना पाण्डेय (पिपरा-१) रहेका छन् ।
यससँगै, श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा र वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनको लागि सिफारिस गरिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायले जारी गरेको विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको रक्षा गर्दै आगामी निर्वाचनमा सबैले पार्टी उम्मेदवारको समर्थन गर्नुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


