जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

जनकपुरधाम, ९ फागुन । जनकपुरधाममा दोस्रो संस्करणको Janakpur International Film Festival (JIFF) सुरु भएको छ ।
चलचित्रकर्मी, कलाकार तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको महोत्सव शुक्रबारदेखि प्रारम्भ भएको हो ।
आयोजक सम्बाद फाउन्डेशनका अनुसार महोत्सवको उद्घाटन फागुन ८ गते बिहान १० बजेदेखि गरिएको हो ।
चार दिनसम्म चल्ने महोत्सव फागुन ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव मैथिली विकास कोषको परिसरमा आयोजना गरिएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन, अन्तरक्रिया, कलाकारसँग संवाद तथा सांस्कृतिक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ ।
आयोजकले चलचित्रकर्मी, कलाकार, साहित्यकार तथा सांस्कृतिक क्षेत्रका सरोकारवालाहरूको सहभागिताले महोत्सव थप अर्थपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।
महोत्सवले जनकपुरधामको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्नुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मीबीच सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


