जनकपुरधाम उपमहानगरद्वारा कक्षा ८ को वार्षिक परीक्षा तालिका सार्वजनिक

जनकपुरधाम, ८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि आधारभूत तह उत्तीर्ण (कक्षा ८) को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आधारभूत तह उत्तीर्ण परीक्षा समितिको फागुन ६ गतेको निर्णयअनुसार परीक्षा आगामी चैत ८ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने उल्लेख छ ।
सामुदायिक तथा संस्थागत विद्यालयका सबै विद्यार्थीहरूका लागि लागू हुने गरी तालिका सार्वजनिक गरिएको हो ।
तालिकाअनुसार चैत ८ गते गणित विषयबाट परीक्षा सुरु हुनेछ । चैत ९ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, चैत १० गते अंग्रेजी, चैत १२ गते विज्ञान तथा प्रविधि र चैत १५ गते नेपाली विषयको परीक्षा सञ्चालन गरिनेछ ।
त्यसैगरी, चैत १६ गते साधारणतर्फ स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षा हुनेछ भने संस्कृत तर्फ संस्कृत भाषा तथा व्याकरणको परीक्षा लिइनेछ ।

चैत १७ गते स्थानीय विषयको परीक्षा गरी वार्षिक परीक्षा सम्पन्न गरिने जनाइएको छ ।
उपमहानगरपालिकाले परीक्षा मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न विद्यालय, शिक्षक, अभिभावक तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
सूचनाको बोधार्थस्वरूप राष्ट्रिय परीक्षा बोर्डलाई समेत जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


