सिरहामा सडक जाम गर्दै गृहमन्त्रीको राजीनामा माग

सिरहा, ७ फागुन । सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको चार दिनसम्म पनि आरोपित पक्राउ नपरेपछि सिरहामा स्थानीय जनता आक्रोशित भएका छन् ।
यादवको गृहजिल्ला धनगढीमाई बजारमा बिहीबार स्थानीयले महेन्द्र राजमार्ग केहि समयका लागि अवरुद्ध गर्दै चक्काजाम गरे ।
प्रदर्शनकारीहरूले मृतक परिवारलाई न्याय दिलाउन, घटनाको छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
उनीहरूले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेका छन् ।
स्थानीय न्याय नपाए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिको खोजी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


