जनकपुरधामलाई औद्योगिक र पर्यटकीय केन्द्र बनाउने महतोको दाबी

जनकपुरधाम, ७ फागुन । धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार जुलीकुमारी महतोले जनकपुरधामलाई धार्मिक, पर्यटकीय तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्ने आफ्नो योजना सार्वजनिक गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा जारी घरदैलो अभियानका क्रममा महतोले भनिन्, ‘मेरो प्रतिनिधिसभा सदस्यको कार्यकालमा अगाडि बढाएका अधुरा काम पूरा गर्न यहाँका मतदाताले मलाई विश्वास गर्नुपर्नेछ । जनकपुरधामको सडक, पुल र भौतिक पूर्वाधार विकासका लागि मेरो पहल निरन्तर जारी छ ।’
महतोले औद्योगिक क्षेत्र र वैवाहिक गन्तव्यस्थलको रूपमा जनकपुरधामको विकास आफ्नो प्राथमिकतामा रहेको बताइन् ।
साथै भिठामोड र जटही नाकाको विकास आवश्यक रहेको भन्दै उनले मतदाताप्रति यसमा निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
घरदैलोमा सहभागी मतदाताहरूले महतोको विकास योजनाप्रति भरोसा व्यक्त गर्दै सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा महतोले मतदाताका समस्या सुन्नुका साथै सोधिएका प्रश्नहरूको समेत जवाफ दिएकी थिइन् ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


