वर्तमान चुनाव नेतृत्वको वास्तविक परीक्षा: उपसभापति शर्मा

जनकपुरधाम, ६ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बुधबार जनकपुरधाममा आयोजित चुनावी सभामा देश र मधेश दुःखमा रहेको बेला चुनावको मुख्य सवाल ‘कसले जित्छ’ होइन, ‘कसले सम्हाल्छ’ भएको बताएका छन् ।
सभामा उनले भने, ‘हामी जान्दछौं– यो बेला देशलाई दुख लागेको छ, मधेशलाई दुख लागेको छ । यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन, परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो ।’
शर्माले कांग्रेसले विगतमा कैयौँ चुनाव जितेको भए पनि हार पनि सामान्य कुरा रहेको र आजको चुनावमा समाजको सद्भाव कायम राख्ने क्षमता महत्वपूर्ण भएको बताए ।
उपसभापति शर्माले मधेशी भूमि नेपालीहरूका लागि सर्वाधिक अन्न उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै भने, ‘हामी मधेशका सबै किसान र किसानको अन्नको एकएक दानाप्रति कृतज्ञता व्यक्त गर्न यहाँ आएका हौँ ।’
उनले वर्तमान चुनावलाई मात्र जीत हारको प्रतिस्पर्धा नभई नेतृत्वको क्षमता र सामाजिक सद्भाव कायम गर्ने अवसरका रूपमा प्रस्तुत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


