रास्वपा मधेशकी संस्थापक सभापति शर्मा कांग्रेसमा प्रवेश

जनकपुरधाम, ६ फागुन । रास्वपा मधेशकी संस्थापक सभापति पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।
जनकपुरधाममा आयोजित कांग्रेसको एक कार्यक्रमबीच उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन् ।
केही दिनअघि नै रास्वपा त्याग गर्ने घोषणा गरेकी शर्माले पार्टी विधि र विधानविपरीत सञ्चालन भएको आरोप लगाएकी थिइन् ।
उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताउँदै संगठनभित्र क्षमतावान कार्यकर्ताहरूको उचित मूल्यांकन नहुने वातावरण बनेको टिप्पणी गरिन् ।
‘पार्टीभित्र योगदान र क्षमताको कदर नहुने अवस्था सिर्जना भएपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएँ,’ उनले भनिन् ।
शर्मा मधेश प्रदेशमा रास्वपाको संस्थापक सभापतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
उनको कांग्रेस प्रवेशलाई मधेश प्रदेशको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
कांग्रेस नेतृत्वले भने शर्माजस्ता अनुभवी तथा सक्रिय नेतृको आगमनले पार्टी संगठन सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


