लोकतन्त्र र सङ्घीयताको पक्षमा मतदान गर्न मण्डलको अपिल

जनकपुरधाम, ५ फागुन । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा युवा नेता उमेश कुमार मण्डलले सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थाको संरक्षणका लागि मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले आफ्नो अपिलमा लोकतन्त्र, नागरिक स्वतन्त्रता र समावेशी शासन संरचना कायम राख्न जनताको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याएका हुन् ।
मण्डलले देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिको आधार लोकतन्त्र र सङ्घीय व्यवस्थामा रहेको बताए । यसलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन नागरिकलाई अनुरोधसमेत गरे ।
केही नयाँ राजनीतिक दलहरू सङ्घीयता विरोधी धारणा राख्दै आएको भन्दै मण्डलले यस्ता विचारले राष्ट्रिय एकता र समावेशी प्रतिनिधित्वमा नकारात्मक असर पुर्याउन सक्ने चेतावनी दिए ।
उनले सङ्घीयता नेपालको विविधता, पहिचान र क्षेत्रीय सन्तुलन कायम गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसलाई बलियो बनाउने पक्षधरलाई समर्थन गर्नु आवश्यक भएको बताए ।
उनका अनुसार संविधानको कार्यान्वयनमा नागरिकको मत निर्णायक हुने भएकाले आगामी निर्वाचनमा सबैले सचेत भएर मतदानमा सहभागी हुनुपर्ने आवश्यक छ ।
‘हामी सबै जिम्मेवार नागरिकका रूपमा आफ्नो अमूल्य मत प्रयोग गरेर लोकतन्त्र र सङ्घीयताको संरक्षणमा योगदान पुर्याऔँ,’ मण्डलले आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


