नागरिकता सेवा प्रभावकारी बनाउन प्रशासनको कदम

जनकपुरधाम, ५ फागुन । जिल्ला प्रशासन कार्यालय धनुषामा आमाको नामबाट नागरिकता जारी गर्ने विषयमा सबै स्थानीय तहका वडासँग समन्वय गर्दै विस्तृत छलफल गरिएको छ ।
छलफलमा नागरिकता सम्बन्धी विद्यमान कानुनी प्रावधान, कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्या तथा सेवाग्राहीले भोगिरहेका जटिलताबारे समीक्षा गरिएको हो ।
सहभागीहरूले कानुनले व्यवस्था गरेअनुसार प्रक्रिया सरल, पारदर्शी र सेवामैत्री बनाउने विषयमा साझा धारणा व्यक्त गरेका छन् ।
बैठकमा आमाको नामबाट नागरिकता लिन आउने सेवाग्राहीले झेल्नुपरेका कागजी झन्झट, प्रमाण संकलन तथा सिफारिस प्रक्रियामा देखिएका अन्योल हटाउन आवश्यक सहजीकरण गर्ने सहमति भएको जनाइएको छ ।
यसका लागि वडास्तरदेखि नै आवश्यक कागजातबारे सूचना प्रवाह गर्ने र समन्वयलाई प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ ।
अधिकार सुनिश्चितता र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनतर्फ यो कदम सकारात्मक रूपमा लिइएको सहभागीहरूको भनाइ छ ।
प्रशासनले आगामी दिनमा समेत सरोकारवाला निकायसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


