जनकपुरधाम, ४ फागुन । नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतोले औपचारिक रूपमा आफ्नो चुनावी प्रचार अभियानको शुरुवात गरेकी छन् ।

जनकपुरधाम–४ स्थित सीताराम गौशालामा पुगेकी उम्मेदवार महतोले गौमातालाई आहार खुवाउँदै आफ्नो चुनावी अभियानको औपचारिक उद्घाटन गरेकी हुन् ।

उनले गौशालाको निरीक्षण गर्दै त्यहाँ रहेका गाईलाई आहार खुवाएर गौमाताको आशिर्वाद ग्रहण गर्दै जीत एमालेकै हुने दाबी गरिन् ।

निर्वाचन आयोगको निर्देशन अनुसार आजदेखि सबै उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार प्रसार सुरु गरेका छन् ।

जुलीकुमारी महतोले पनि यही अवसरमा गौशालामा पुगेर जनसंपर्क र प्रचार प्रसारमा जुटेकी हुन् ।