जनकपुरधाम, २ फागुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ मा नेपाली कांग्रेसको चुनाव केन्द्रित कार्यालय उद्घाटन ग्गरिएको छ ।

धनुषा–३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधि प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन समारोहमा स्थानीय कांग्रेस नेता, कार्यकर्ता र समर्थकहरूले ठूलो सहभागिता जनाएका थिए ।

उद्घाटन कार्यक्रममा निधिले कांग्रेसको मूल उदेश्य, आगामी निर्वाचनमा जनताको सहभागिता र दलको कार्यक्रमबारे सम्बोधन गर्दै जनसम्पर्कलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरूले कार्यालय उद्घाटनलाई आगामी चुनावी तयारीको महत्वपूर्ण कदमको रूपमा मूल्यांकन गर्दै निधिको उम्मेदवारीमा पूर्ण समर्थन दिने प्रतिबद्धता व्यक्त गरे ।