जनकपुरधाम, २ फागुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साहले विमलेन्द्र निधिलाई समर्थन गर्ने भएका छन् ।

साहले आगामी प्रतिनिधि सभा निर्वाचनमा धनुषा–३ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका हुन् ।

शनिबार वडा नम्बर-३ मा सम्पन्न नेपाली कांग्रेसको भेलामा साहले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘म र हाम्रो पार्टीले यसपटक निधिलाई जिताउने आन्तरिक निर्णय नै गरिसक्यौं । हाम्रो सम्पूर्ण प्रयास, स्रोत र उत्साह निधिको जिततर्फ केन्द्रित रहनेछ ।’

आगामी दिनमा पार्टी र वडाध्यक्षले आफ्नो रणनीति तथा विस्तृत योजना सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ ।