जनकपुरधाममा रूखमा झुन्डिएको अवस्थामा युवकको शव फेला

जनकपुरधाम, १ फागुन । जनकपुरधाममा रूखमा झुन्डिएको अवस्थामा एक अज्ञात युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२२ बसबिट्टीस्थित धनुषा–महोत्तरी सीमा नजिकको रोईयाहा पोखरीको छेउमा रहेको खोला किनारमा अज्ञात युवकको शव जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२२ का वडाध्यक्ष विमलेश मिश्रको पहलमा घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार शवलाई प्रक्रियाअनुसार सुरक्षित गरी प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ ।
हाल मृतकको पहिचान हुन सकेको छैन । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
वडाध्यक्ष मिश्रले घटनाबारे छिटो अनुसन्धान गरी अपराधमा संलग्न व्यक्ति पत्ता लगाउने र स्थानीय सुरक्षामा ध्यान दिन सुरक्षा निकायलाई आग्रह गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


