जनकपुरधाम, १ फागुन । महाशिवरात्री पर्वको अवसर पारेर जनकपुरधामस्थित बस्बिट्टीको दुधमती नदी तटमा बृहत् सरसफाइ गरिएको छ ।

शिव पार्वती पण्डाजी कल्याण परिषद्को आयोजनामा परिषद्का अध्यक्ष जगत नारायण प्रसाद साहको अध्यक्षतामा पण्डाजी घाट, शिव–पार्वती मन्दिर, पिपल बोट तथा आसपासका मन्दिर र घाट क्षेत्रमा सरसफाइ गरिएको हो ।

कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिलसहित नेपाली सेनाको विष्णु दलबाट सेनानी अन्जु कुँवर र उपसेनानी असिम बस्नेतको नेतृत्वमा ६० जना सैनिक जवान सहभागी भएका थिए ।

त्यसैगरी, सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बर राणा र प्रहरी निरीक्षक पूर्णिमा लिम्बुको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी जवान खटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका तर्फबाट प्रहरी सहायक निरीक्षक राजेश कुमार यादवको नेतृत्वमा २५ जना तथा प्रहरी सहायक निरीक्षक सुरेन्द्र मुखियाको नेतृत्वमा १७ जना प्रहरी जवानको सहभागिता रहेको थियो । प्रहरी निरीक्षक मनोज कुमार यादव समेत कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा परिषद्का कार्यसमिति पदाधिकारीहरूका साथै बाल सहभागी समृद्धि शाह (गुनगुन), आयुष प्रसाद र अनिकेत प्रसादको समेत सक्रिय सहभागिता रहेको थियो ।

परिषद्ले आइतबार विधिवत रूपमा महाशिवरात्री पर्व मनाइने जनाउँदै सम्पूर्ण नगरवासीलाई शिव–पार्वती मन्दिरमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागी हुन आग्रह गरेको छ ।