टी-२० विश्वकप २०२६: नेपाल इटलीसँग १० विकेटले पराजित, सुपर एटको सम्भावना कमजोर

जनकपुरधाम, २९ माघ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा इटलीसँग १० विकेटले पराजित भएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १२३ रन मात्र बनाउन सक्दा इटलीले १२४ रनको लक्ष्य १२.४ ओभरमा सजिलै पूरा गर्यो ।
इटलीका एन्थोनी र जस्टिन मोस्का दाजुभाइले पावर प्लेमा ६८ रनको शतकीय साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए ।
दुवैले ११औं ओभरमा अर्धशतक पुरा गरे । नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाएका थिए भने रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडेका थिए ।
नेपालको ब्याटिङमा प्रारम्भिक ओपनर कुशल भुर्तेल र लोकेश बमले निराशाजनक प्रदर्शन गरे । पहिलो विकेट ८ रनमा गयो, त्यसपछि कप्तान रोहित र आसिफ शेखले ४१ रनको साझेदारी गरे पनि त्यसपछि निरन्तर विकेट हराउँदै नेपाल १२३ रनमा अलआउट भयो ।
इटलीका स्पिन बलरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए । लेगस्पिनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए भने अफ ब्रेक बलिङ गर्ने बेन्जामिन मानेन्टीले २ विकेट लिए । पेस बलर अली हसन र जसप्रित अलीले १–१ विकेट लिए ।
समूह सी मा लगातार दोस्रो हारपछि नेपाल सुपर एटमा पुग्ने सम्भावना कमजोर भएको छ ।
इटलीका लागि भने यो संस्करणमा पहिलो जित हो । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको इटलीले विश्वकप डेब्यु खेलमै जीत हासिल गरेको छ ।
विश्वकपअघि इंग्ल्याण्डसँगको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि प्रशंसा कमाएको नेपाल आज इटलीसँग फितलो ब्याटिङमा पराजित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


