जनकपुरधाम, २७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा आज बिहान सुनसरी पुगेका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार थापा आज सुनसरी, सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न राजनीतिक तथा पार्टीगत कार्यक्रममा सहभागी हुँदै सर्लाही पुग्ने छन् ।

कांग्रेस स्रोतका अनुसार थापाले विभिन्न स्थानमा आयोजित कार्यकर्ता भेटघाट, संगठन सुदृढीकरण तथा जनसम्पर्क कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेश केन्द्रित यस भ्रमणलाई कांग्रेसले आगामी निर्वाचन र संगठन मजबुतीका दृष्टिले महत्वपूर्ण मानेको छ । स्थानीय नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै जनभावना बुझ्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।

थापाको यस भ्रमणलाई लिएर विभिन्न जिल्लामा कार्यकर्ता तथा समर्थकको उत्साह बढेको देखिएको छ ।