ब्रेन ह्याम्रेजका कारण हंसपुरका मेयर प्रदीप यादवको निधन

जनकपुरधाम, २६ माघ । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवको ब्रेन ह्याम्रेजका कारण निधन भएको छ ।
गत शुक्रबार राति करिब ११ बजे आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो ।
न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार बिहान करिब ३ बजे हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पताल लगिएको थियो ।तर, चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनको ज्यान बचाउन सकिएन ।
नगरप्रमुख यादवको निधनसँगै हंसपुर नगरपालिका शोकमा डुबेको छ । स्थानीयवासी, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्वर्गीय यादवलाई सरल, जनमुखी र विकासप्रेमी नेताका रूपमा चिनिन्थ्यो ।
उनको निधनले नगरपालिकासहित समग्र धनुषा जिल्लालाई अपूरणीय क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


