बालेन मंगलबार जनकपुरधाम आउँदै, रोड शो र मतदातासँग भेटघाट गर्ने

जनकपुरधाम, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) माघ २७ गते मंगलबार जनकपुरधाम आउने भएका छन् ।
उनको जनकपुरधाम आगमनका क्रममा रोड शो, नगराइन नगरपालिकाका मतदाताहरूसँग प्रत्यक्ष भेटघाटलगायत विभिन्न कार्यक्रमहरू तय गरिएको छ ।
धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले बालेनको जनकपुरधाम भ्रमणबारे जानकारी दिएका हुन् । उनका अनुसार उक्त कार्यक्रमले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
भ्रमणका क्रममा बालेनले स्थानीय नागरिक, युवा तथा सरोकारवालाहरूसँग भेट गरी समसामयिक राजनीतिक मुद्दा, सुशासन र विकासका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसलाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


