जनकपुरधाममा आचारसंहिता उल्लङ्घनका पोस्टर हटाइयो, १५ सयभन्दा बढी प्रचार सामग्री जफत

जनकपुरधाम, २४ माघ । निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा प्रहरीले हटाएको छ ।
निर्वाचन कार्यालयमा पटक पटक उजुरी परेपछि सम्बन्धित दल तथा उम्मेदवारलाई स्वयं सामग्री हटाउन आग्रह गरिएको थियो । तर, आग्रहको बेवास्ता भएपछि शनिबार जनकपुरधाम उपमहानगर क्षेत्रभित्र व्यापक अनुगमन गरी करिब १५ सयको हाराहारीमा अवैध प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिक स्थान, बिजुलीका पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका सामग्री आचारसंहिता विपरीत ठहरिएका हुन् ।

अनुगमनका क्रममा सबैभन्दा बढी उल्लङ्घन गर्ने पार्टी नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको पाइएको छ ।
निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारलाई कानुनी कारबाही गर्न सकिने चेतावनी दिएको छ । साथै, निष्पक्ष र स्वच्छ निर्वाचनका लागि सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
प्रशासनले आगामी दिनमा समेत नियमित अनुगमनलाई तीव्र बनाइने र उल्लङ्घन दोहोरिए कडा कारबाही गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


