जनकपुरधामका सक्रिय युवा किशन साह रास्वपामा प्रवेश

जनकपुरधाम, २२ माघ । दोस्रो मधेश आन्दोलनबाट राजनीतिमा सक्रिय रहेका युवा नेता राधाकृष्ण साह (किशन साह) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
उनी बिहीबार झापा पुगेर रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बाट औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।
जनकपुरधाममा युवा नेताका रूपमा पहिचान बनाइसकेका किशनले आगामी निर्वाचनमा मनिष झाको मतपरिणाममा सकारात्मक प्रभाव पार्ने आंकलन गरिएको छ ।
सामाजिक न्याय, पहिचान र समावेशी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका साहको प्रवेशलाई रास्वपाले युवामैत्री र सुधारमुखी राजनीतिको रूपमा लिएको छ ।

मुलुकभित्र पुरानो राजनीतिक संरचनाको विकल्प खोज्ने आवाज बलियो भइरहेकाले किशन साहको प्रवेशलाई पुस्ता परिवर्तन र नयाँ राजनीतिक संस्कृतिसँग जोडेर हेरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


