जनकपुरधाम, २२ माघ । नेपाली कांग्रेसले बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा वडा स्तरीय भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई स्थानीय नेता कार्यकर्ताहरूले पाग र गम्छा ओढाएर स्वागत गरेका हुन् ।

भेटघाट कार्यक्रममा निधिले स्थानीय विकास, आधारभूत सेवा सुधार, र जनताको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राख्दै आफ्नो अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले जनप्रतिनिधि र जनताबीचको संवाद निरंतर जारी राख्नुपर्नेमा जोड दिए ।

स्थानीय तहका विभिन्न संघसंस्था, सामाजिक समूह तथा पार्टीका कार्यकर्ताहरूले पनि कार्यक्रममा सहभागिता जनाउँदै आम जनताको समस्या र सुझाव लिएर समाधानको प्रयास गर्ने विषयमा निधिको योजनाबारे प्रतिक्रिया व्यक्त गरे ।