धनुषाका दुई युवक गाँजासहित भारतमा पक्राउ

जनकपुरधाम, २२ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी रोक्ने क्रममा भारतीय प्रहरीले धनुषाका दुई युवकलाई गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको सबैला नगरपालिका निवासी रौशन कुमार यादव र फुलेश कुमार यादव रहेका छन् ।
बिहार राज्य प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा मधुबनी जिल्लाको हरलाखी थाना अन्तर्गत पर्ने हरने पुल नजिक मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनापछि सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) र हरलाखी थानाको संयुक्त टोलीले उनीहरूको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरूको साथबाट करिब तीन किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजासँगै एक थान मोटरसाइकल, नेपाली रुपैयाँ पाँच हजार आठ सय तथा एउटा डेबिट कार्डसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैजनामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


