स्वतन्त्र उम्मेदवार साहले लिए उम्मेदवारी फिर्ता, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने घोषणा

पर्सा, ९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्धारित समयावधिभित्र निवेदन दर्ता गराउँदै साहले शुक्रबार औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले जानकारी दिए ।
निर्वाचन अधिकृतका अनुसार उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न भइसकेपछि निर्वाचन कार्यालयले सबै क्षेत्रका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । साथै, आजै सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिएपछि प्रतिक्रिया दिँदै साहले आफू नेपाली कांग्रेस समर्थक रहेको उल्लेख गर्दै पार्टीभित्र समन्वय नहुँदा स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताए । अब भने कांग्रेसका आधिकारिक उम्मेदवारलाई पूर्ण समर्थन गर्ने उनले स्पष्ट पारे ।
साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा चुनावी प्रतिस्पर्धा थप स्पष्ट भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

