जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह झापा-५ क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

उनलाई पार्टी सभापति रवि लामिछानेले सोमबार जनकपुरधाममा औपचारिक रूपमा टिकट प्रदान गरेका हुन् ।

पार्टी सभाको लागि जनकपुरधाम पुगेका लामिछाने र बालेन दुवैले जनता माझ आफ्नो उम्मेदवारीको घोषणा गर्दै आगामी निर्वाचनमा जनप्रतिनिधि बन्ने लक्ष्य राखेका छन् ।

पार्टीका वरिष्ठ नेता बालेनले आगामी चुनावमा क्षेत्रीय विकास र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राख्ने बताए ।