बालेनको जनकपुरधाम आगमन, स्वागतका क्रममा विमानस्थलको ढोका फुट्यो

जनकपुरधाम, ४ माघ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुरधाम आइपुगेका छन् ।
राजीनामापछि घण्टीघर पुगेर जनकपुरधाम उडेका साहसहित रास्वपा सभापति रवि लामिछाने पनि जनकपुरधाम आएका हुन् ।
जनकपुर विमानस्थलमा बालेन साह र रवि लामिछानेलाई स्वागत गर्न रास्वपाका नेता तथा कार्यकर्ताको भीड लागेको थियो ।

विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूको ठूलो भीडका कारण अवस्था अनियन्त्रित भएको थियो ।
सोही क्रममा विमानस्थलको एक सिसाको ढोका फुटेको जनाइएको छ । ढोका फुटेपछि सुरक्षा कारण देखाउँदै बालेन केहीबेर विमानस्थलभित्रै रोकिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


