औषधि वितरणमा अनियमितताको आरोप

सप्तरी, २९ पुष । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्यकर्मीहरूले औषधि वितरणमा अनियमितता भइरहेको आरोप लगाएका छन् ।
स्वास्थ्य शाखाका सहसंयोजक महेश पण्डितका अनुसार नगरपालिकाका ११ वटै स्वास्थ्यचौकीमा औषधि निकासा नगरी मात्र औषधि बुझाइएको छ । भर्ना गराउन खोज्दा अस्वीकार गरेपछि १२ जना स्वास्थ्यकर्मीको आन्तरिक सरुवा गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलसमक्ष ज्ञापनपत्र बुझाउँदै आफ्नो सरुवा राजनीतिक र षड्यन्त्रपूर्वक गरिएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।
तर, प्रमुख प्रशासकीय अधिकृत मण्डलले स्वास्थ्यकर्मीहरूको आरोपको खण्डन गर्दै सरुवा नियमबमोजिम गरिएको दाबी गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले भने औषधि खरिद बिक्रीमा अनियमितता भइरहेको भन्दै यदि कारबाही नबढाएमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

