जनकपुरधाम, २२ पुष । जनकपुरधाम उपमहानगरपालिका वडा नं. वडाध्यक्ष विमलेश मिश्रले विभिन्न जिर्ण अवस्थामा रहेका पोखरीहरू सुधार्ने र व्यवस्थापन गर्ने क्रममा वृक्षारोपण र अन्य गतिविधिहरूमा पारदर्शिता सुनिश्चित गर्न वडावासीलाई जानकारी गराउन आग्रह गरेका छन् ।

वडाध्यक्ष मिश्रले भने, ‘वडा क्षेत्रमा सुधार गरिएका पोखरीहरूमा विगतमा विभिन्न कालखण्डमा भिक्स (सपेता) प्रजातिका रूखहरू लगाइएको छ । ती पोखरी तथा डिलमा कुनै सम्झौता, निर्णय पुस्तिका वा समुह गठन भएको भए त्यसको जानकारी वडाले राख्नुपर्ने हुन्छ । यसले आगामी व्यवस्थापन कार्यमा पारदर्शिता र समुदायको सहभागिता सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ ।’

उनले वडाका नागरिक र सरोकारवालाहरूसँग आग्रह गर्दै भने, ‘यदि उक्त डिल वा पोखरीमा वृक्षारोपण वा अन्य व्यवस्थापनसम्बन्धी कुनै निर्णय भएको छ भने आवश्यक कागजात र समुहगत संरचनाको जानकारी वडामा उपलब्ध गराउन अनुरोध गर्दछौं । यसले वडाको विकास योजनामा सहकार्य र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्नेछ ।’

वडाध्यक्ष मिश्रले आगामी दिनमा पोखरी व्यवस्थापनलाई सबै सरोकारवालासँग समन्वय गरेर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।