सामाजिक सञ्जालमा फैलिने अफवाहविरुद्ध प्रशासनको निगरानी

जनकपुरधाम, २१ पुष । जिल्ला प्रशासन कार्यालय सिरहाले एक चेतावनी जारी गरेको छ ।
धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुर्याउने र एक समुदायको धार्मिक वा सांस्कृतिक आस्थामा आँच पुर्याउने गतिविधि गैरकानूनी रहेको भन्दै सबैमा चेतावनी जारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सोमबार सार्वजनिक गरेका सूचनामा सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटोक आदिमार्फत फैलिने झुठा अफवाह वा कुनै समुदायको मानमर्दन गर्ने गतिविधि नियन्त्रित कानुनी दायरामा ल्याइने जानकारी दिइएको छ ।
बरालका अनुसार यस्ता गतिविधिहरूलाई जिल्ला प्रहरी कार्यालयले निगरानी गरिरहेको छ र सामान्य नागरिकलाई यस्ता खतरनाक गतिविधि देखेमा जिल्ला प्रहरी कार्यालयको वाट्सएप नम्बर ९८५२८९००४४ मा जानकारी गराउन अनुरोध गरिएको छ ।
जिल्ला प्रशासनले समुदायबीच आपसी सम्मान र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकसँग सहयोगको अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


