सडक दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

रौतहट, २१ पुष । हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान ईभी भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा परेको मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२ इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठक घाइते भएका थिए । उनलाई तत्काल प्रादेशिक अस्पताल गौर लैजाने प्रयास भए तापनि चिकित्सकले मृत घोषणा गरेका छन् ।
दुर्घटनामा संलग्न भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भ्यान चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि समातेको जनाएको छ ।
शहरभित्रका प्रमुख सडकमा यस किसिमका दुर्घटनाहरू बढ्दै गएका छन् । यसले स्थानीय यातायात सुरक्षा उपायहरूको आवश्यकतालाई झन् बलियो बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


