APHIN धनुषामा नयाँ नेतृत्व, अध्यक्षमा डा. एस.के. सिंह सर्वसम्मत

जनकपुरधाम, २१ पुष । धनुषा जिल्लाका निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (APHIN) को जिल्ला अध्यक्षमा काव्या अस्पतालका सञ्चालक डा. एस.के. सिंह सर्वसम्मत रूपमा चयन भएका छन् ।
जनकपुरधाममा सम्पन्न APHIN धनुषाको जिल्ला अधिवेशनबाट डा. सिंहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
निजी स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, आपसी समन्वय र बिरामीमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ कार्यसमिति अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विकास चन्द्र गुप्ता, उपाध्यक्षमा हिरा यादव चयन भएका छन् भने महासचिवमा हरिश्चन्द्र यादव र सहसचिवमा मुकेश सिंह चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी राहुल सिंहानियालाई दिइएको छ ।
यसैगरी, सदस्यहरूमा डा. शम्भु साह, डा. जियाउल हक, अखिलेश साह, चेत नारायण यादव, आनन्द मण्डल र डा. मुस्ताक अलि चयन भएका हुन् ।
संस्थाको सल्लाहकार समितिमा डा. आर.एन. पण्डित, डा. अशोक अधिकारी, डा. जामुन सिंह, डा. महेश महासेठ र डा. रामजी यादव रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष डा. सिंहले निजी अस्पतालहरूबीच सहकार्य बढाउँदै स्वास्थ्य सेवा क्षेत्रका समस्या समाधानका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी निकायसँग समन्वय गर्दै धनुषा जिल्लामा गुणस्तरीय, सुरक्षित र सुलभ स्वास्थ्य सेवा विस्तारमा APHIN सक्रिय रहने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


