भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, सबै यात्रु सकुशल

झापा, १८ पुष । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको एक विमान रन–वेबाट चिप्लिएको छ ।
९ एन–एमएफ कलसाइन भएको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा चिप्लिए पनि विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उक्त विमानमा ५१ जना यात्रु सवार थिए ।
घटना लगत्तै सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको उनले जानकारी दिए ।
घटनापछि विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यात्रुहरू सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्राधिकरणले स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

