धनुषामा विपन्न र असहायलाई कम्मल र दाउरा बितरण

जनकपुरधाम, १७ पुष । जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा धनुषामा बिहीबार लक्षित विपन्न, असहाय तथा अशक्त नागरिकहरूलाई कम्मल र दाउरा बितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल रेडक्रसको सहकार्यमा मधेश प्रदेशको गृह मन्त्रालयको सहयोगमा विभिन्न ठाउँका समुदायहरूमा वितरण कार्य गरिएको हो ।
कार्यक्रमअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरीद्वारा उपलब्ध गराइएको दाउरा तथा कम्मल छिटो उपलब्ध भएअनुसार वितरण गरिएको जनाइएको छ ।
जिल्ला प्रशासनले सेवाग्राही जनताको आवश्यकतालाई प्राथमिकता दिंदै सेवा जारी राख्ने जनाएको छ ।
अधिकारीहरूले छिट्टै चिसो र शीतलहर घट्दै जाने विश्वास व्यक्त गर्दै जनजीवन सामान्य हुने विश्वास व्यक्त गरेका छन् ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

