तुलसी पूजन दिवसमा जनक चोकमा हनुमान आराधना

जनकपुरधाम, १० पुष । तुलसी पूजन दिवसको अवसरमा जनकपुरधामको जनक चोकमा विशेष धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।
वागेश्वरबाबाका अनुयायीहरूको सहभागितामा आयोजित कार्यक्रममा हनुमान आराधना, पूजा अर्चना तथा भजन कीर्तन गरिएको हो ।
कार्यक्रममा सहभागी श्रद्धालुहरूले तुलसीको धार्मिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्त्वबारे चर्चा गर्दै यसको संरक्षण र नियमित पूजन गर्नुपर्नेमा जोड दिएका थिए ।
तुलसीले वातावरण शुद्धिकरणका साथै मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास रहिआएको छ ।
हनुमान आराधनासहित सम्पन्न उक्त कार्यक्रममा स्थानीय धर्मगुरु, समाजसेवी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
धार्मिक सहिष्णुता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


