अत्यधिक चिसोका कारण जनकपुरधामका विद्यालयमा बिदा

जनकपुरधाम, ९ पुष । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार एक दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार पुष ११ गते शुक्रबार विद्यालयहरू बन्द रहनेछन् ।
बढ्दो चिसो र शितलहरका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।
सूचनामा यस शैक्षिक सत्रको शैक्षिक क्यालेन्डरअनुसार पुष १७ गतेदेखि माघ २ गतेसम्म तोकिएको जाडो बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिने उल्लेख छ । साथै, मौसममा सुधार नभए थप जाडो बिदाको निर्णय गरी पुनः सूचना प्रकाशित गरिने उपमहानगरपालिकाले जनाएको छ ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा तथा सम्बन्धित शैक्षिक संस्थालाई पठाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


