सर्लाहीको चुरेवर्ती क्षेत्रमा ३ बिघाभन्दा बढी अवैध गाँजा खेती नष्ट

सर्लाही, २६ मंसिर । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा सुरक्षा निकायले ठूलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै हुँदै सिन्धुली नजिकको दुर्गम चुरेवर्ती भूभागमा पुगेर करिब साढे ३ बिघा क्षेत्रफलमा फैलिएको गाँजा खेती पूर्ण रूपमा नष्ट गरेको हो ।
दुर्गम भौगोलिक क्षेत्र र प्रहरी पहुँच कमजोर हुने भएकाले स्थानीयले आय आर्जनका लागि लामो समयदेखि लुकीछिपी गाँजा खेती गर्दै आएको सुरक्षा स्रोतको भनाइ छ ।
अन्य कृषि बाली राम्रो उत्पादन नहुँदा गाँजा खेती धेरैका लागि सजिलो आम्दानीको माध्यम बनेको भए पनि नेपालमा यस्तो खेती पूर्ण रूपमा गैरकानुनी मानिन्छ ।
यसैले सुरक्षा निकायले निरन्तर निगरानी राख्दै यस्ता अवैध खेतीलाई नियन्त्रणमा लिने अभियान जारी राखेको बताइएको छ ।
प्रहरीका अनुसार सो क्षेत्रमा भविष्यमा हुन सक्ने अन्य अवैध खेती, आपराधिक गतिविधि र अवैध व्यापार रोकथामका लागि निगरानी थप कडा गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

