जनकपुरधाम, २५ कार्तिक । मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले विश्वासको मतको क्रममा आफूले संविधान र प्रदेश सभाको कार्यविधि अनुसार निष्पक्ष र जिम्मेवार भूमिका निभाएको बताएका छन् ।

सभामुख मण्डलले अधिकतम लचकता अपनाउँदासमेत यदि विश्वासको मत नपाउने दलहरूले आरोप लगाउँछन् भने त्यसलाई ठिक कार्यको विकास नभएको ठहर गर्नु पर्ने बताएका हुन् ।

उनले आफूलाई नेकपा एमालेको नजरको रुपमा हेर्ने प्रयास भए पनि आफू निष्पक्ष रहेको र कुनै दललाई प्राथमिकता नदिएको स्पष्ट पारेका छन् ।

मण्डलले सबै दलका सदस्य र आम नागरिकलाई संविधान पढेर आउन समेत आग्रह गरेका छन् । साथै उनले यदि आफूमाथि महाअभियोग लगाइने हो भने त्यसको लागि पनि तयार रहेको बताएका छन् ।