कारागार पुगे पूर्वराज्यमन्त्री सञ्जय साह

जनकपुरधाम, २६ भदौ । जेल जीवन बिताइरहेका धनुषाका पूर्वराज्यमन्त्री सञ्जय साह बिहीबार ललितपुरको नख्खु कारागार पुगेका छन् ।
जेनजी पुस्ताका आन्दोलनका कारण कारागारको अवस्था तनावग्रस्त बनेपछि कारागार प्रशासन, जेलर र आन्दोलनकारी समेतले कारागारको सुरक्षाको कारण देखाइ उनलाई कारागारबाट मुक्त गराएको थियो ।
उनी आउन मानेका थिएनन्, आन्दोलनको स्थिति र कारागारको अवस्था हेरेर आएको उनका समर्थक नवीन यादवको भनाइ छ । बिहीबार बिहानै जनकपुरधामबाट हिँडेका साह काठमाडौंको गम्भीर अवस्थाका कारण काभ्रे प्रहरीको सुरक्षा लिई कारागार पुगेको यादवले जनाए ।
सामाजिक सञ्जालमा सञ्जय साह पक्राउ परेको भनेर आएको खबर झुठो रहेको यादवले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


