जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुग्यो, सयौं घाइते

काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार राजधानीमा उत्रिएका जेनजी (न्भल श्)हरूको प्रदर्शन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ ।
दिउँसो पौने ४ बजेसम्मको विवरणअनुसार विभिन्न अस्पतालमा १४ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्रोतका अनुसार ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।
यसअघि दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएकोमा थप एक जनाको सिभिल अस्पतालमा मृत्यु भएपछि संख्या १४ पुगेको हो । प्रदर्शनमा परेर घाइते हुनेहरूको आधिकारिक विवरण अझै संकलन भइरहेको मन्त्रालयले जनाएको छ । तर, प्रारम्भिक विवरणअनुसार सबैभन्दा धेरै घाइतेहरू सिभिल अस्पतालमा छन् ।
त्यसैगरी, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते भर्ना भएका छन् । केही घाइतेहरूलाई पाटन अस्पताल पनि लगिएको छ तर त्यहाँको यकिन विवरण अझै आइसकेको छैन ।
राजधानी तनावग्रस्त
काठमाडौंका विभिन्न क्षेत्रमा बिहानदेखि सुरु भएको प्रदर्शन दिउँसोतिर आएर हिंसात्मक बनेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूले सडक अवरुद्ध गरेका थिए भने सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेका थिए ।
अस्पतालमा भर्ना भएका घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडप, अश्रुग्यास र ढुंगामुढाका कारण दर्जनौं घाइते भएका हुन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाभित्रका विभिन्न अस्पतालमा मृत्यु र घाइतेहरूको विवरण संकलन गर्ने काम तीव्र पारिएको छ । मन्त्रालयका अधिकारीहरूले भने, ‘घाइतेको सटीक तथ्यांक संकलन हुन केही समय लाग्छ । तर, अहिलेसम्म उपलब्ध विवरणले मृत्यु हुने संख्या अझै बढ्ने आशंका देखाउँछ ।’
काठमाडौंमा सोमबार भएको यो घटनाले राजधानीमा आक्रोश र त्रासको माहोल सृजना गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


